सिके राउतको पार्टी पनि उपचुनावमा लड्ने

२०७६ कार्तिक २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ – सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपचुनावमा उम्मेदवारी दिने भएको छ।

पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले पार्टीबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए। जनमत पार्टीले संघ र प्रदेशसभा क्षेत्रका लागि भने उम्मेदवारी नदिएको उनले बताए।

‘चुनावमा जाने निर्णयअनुसार जिल्लाबाट कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न आह्वान गरेका छौं,’ खानले सेतोपाटीसँग भने, ‘कात्तिक २५ गतेभित्र आकांक्षी उम्मेदवारको नाम पार्टीमा पठाइसक्नुपर्छ।’

स्थानीय तहमा रिक्त पदका लागि कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

जनमत पार्टीले चुवाव जितिहाल्ने अपेक्षा नलिएको खान बताउँछन्। ‘हाम्रो पकड र बर्चश्व भएका क्षेत्र धेरै छैनन् तर जनताको मत लिनका लागि चुनावमा जाँदैछौं,’ उनले भने, ‘अहिले तयारी धेरै पुगेको छैन, अर्को चुनावमा पार्टीलाई जित्न सहयोग पुग्छ।’

उनले पार्टीबाट देशैभर रिक्त स्थानीय तह गाउँपालिका र वडाहरूमा उम्मेदवारी दिन लागेको उनले बताए।

मधेशलाई केन्द्र बनाएर छुट्टै प्रदेश माग राखेका सिके राउत प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न सहमति गर्दै मूलधारको राजनीतिमा आएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार