प्रधानमन्त्री ओलीलाई तेस्रो जीवनको कामना

२०७६ कार्तिक २४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – बाह्र वर्षअघि मिर्गाैला ‘फेलर’ हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यारोपणमार्फत दोस्रो जीवन पाएका थिए।

ओलीको ‘नाफाको जीवन’ बाट मुलुकले ठूलो अपेक्षा गरेको थियो। तर उनको पहिलो प्रधानमन्त्रीत्वकाल भारतको नाकाबन्दीको माथापच्चीमै बित्यो।

आज (आइतबार)को हिमाल साप्ताहिकमा प्रकाशित ‘तेस्रो जीवनको कामना’ लेखमा शेखर खरेल अगाडि लेख्छन्-

पूर्ण (अझ दुईतिहाइ) बहुमतसहितको दोस्रो कार्यकालको दुई वर्ष बितिसक्दा पनि जनताको जीवनमा गुणात्मक परिवर्तन देखिने कुनै काम हुन सकेको छैन। आम अपेक्षाविपरीत उनी ‘फेलर’ बन्दैछन्, जसलाई निर्मम समीक्षा र इच्छाशक्तिबाट ‘सक्सेस’ बनाउन नसकिने होइन।

यसैबीच प्रधानमन्त्री ओलीले बाह्र वर्षअघि प्रत्यारोपण गरेको मिर्गाैला फेरि ‘फेलर’ कै सन्निकट छ। आशा गरौं- पुनः प्रत्यारोपणमार्फत उनले तेस्रो जीवन पाउने छन्। अहिले उनका निम्ति सत्ताभन्दा पनि स्वास्थ्य महत्वपूर्ण कुरा हो। आरोग्यलाभका लागि सत्ता परित्याग गर्नै यो राम्रो अवसर पनि हो। यसो गरे उनी सत्ता र स्वास्थ्यको ‘फेलर’ बाट सकुशल बच्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार