वडाध्यक्ष र जिल्ला प्रशासनले नै दिए पहिचान फेरेर दुई जनालाई नागरिकता

२०७६ कार्तिक २३, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिरहा – वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुई जनाले नागरिकता लिएको खुलेको छ ।

जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सिरहामा महेन्द्र र राजेन्द्रले झुटो विवरणका आधारमा नागरिकता लिएको उजुरी परेको थियो। त्यसपछि गत असोज ८ गते जिल्ला प्रशासन कार्यालय सिरहाले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्यो ।

प्रशासनको चलानी नम्बर २५८१ को परिपत्रमार्फत प्रहरीले अनुसन्धान गर्दा महेन्द्र र राजेन्द्रले असली पहिचान फेरेर नागरिकता लिएको खुलेको हो ।

महेन्द्रको असली नाम अरुण मुखिया र राजेन्द्रको असली नाम मनीष मुखिया रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुको घर सिरहा नगरपालिका–२१ मा छ। दुवै दाजुभाइ भएको पनि अनुसन्धानबाट खुलेको छ। उनीहरुका बुवा विष्णु मुखिया र आमा जागोदेवी मुखिया हुन् ।

जागोदेवीको माइती औरही–५ मा पर्छ। जागोदेवीका बुवाको नाम दुखी मुखिया र आमाको नाम शिवरानी मुखिया हो । नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार