तीन वर्षदेखि बन्द इजरायली रोजगारी पुन खुल्न सरकारले थाल्यो गृहकार्य

२०७६ कार्तिक १७, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – तीन वर्षदेखि बन्द इरारायली रोजगारी फेरि सुरु गर्न नेपाल र इजरायल सकारात्मक भएका छन्।

जीटूजी (दुवै देशका सरकारी निकायको सहभागिता) मार्फत इजरायलमा कामदार पठाउने गरी सकारले गृहकार्य सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

तीन वर्षअघि ‘पाइलट प्रोजेक्ट’ का रूपमा इजरायली रोजगारी सुरु भए पनि असफल भएको थियो। इजरायलबाट एकाएक माग आउन छाडेपछि छानिएका कामदारसमेत जान पाएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।

मन्त्रालयले अब पूर्ण रूपमा सफल हुने गरी प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार