दुई डीएसपीलाई बयानमा बोलाइयो, आलमलाई तेस्रोपटक म्याद थपको तयारी

२०७६ कार्तिक ८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ — जिल्ला प्रहरी कार्यालय रौतहटले ब म विस्फोटमा घाइते व्यक्तिहरूलाई इँटाभट्टामा हालेर ज लाइएको १२ वर्षअघिको घटनासम्बन्धमा बयानका लागि नेपाल प्रहरीका दुई बहालवाला डीएसपीलाई झिकाएको छ । रौतहट प्रहरीले ०६४ चैत २७ गतेको घटनाका विषयमा बयानका लागि डीएसपीद्वय राजीव बस्नेत र इन्द्र सुवेदीलाई उपस्थित गराइदिन मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

पत्रपछि प्रहरी प्रधान कार्यालयले डीएसपीद्वय बस्नेत र सुवेदीलाई बयानका लागि हाजिर हुन निर्देशन दिइसकेको जानकारी स्रोतले दिएको छ । ‘ब म वि स्फोट र इँटाभट्टामा मानिस जलाएर मारिएको घटनाका बेला सुवेदी फिल्ड कमान्डर र बस्नेत घटनाको अनुसन्धान अधिकृत थिए,’ प्रहरी स्रोतले भन्यो, ‘उक्त घटनाको सुरुबाटै अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन भइरहेको पहलमा थप बुझ्न त्यसबेलाका अनुसन्धान अधिकृत र फिल्ड कमान्डरसँग सोधपुछ गर्न लागिएको हो ।’

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धानसँग जोडिएका सबै सबुत प्रमाण संकलनकै क्रममा रहेको जानकारी दिए । ‘यो वा त्योभन्दा पनि अनुसन्धानका सबै पक्षबाट सबुत प्रमाण र वस्तुस्थिति बुझ्ने क्रममा छौं,’ रौतहटबाट एसपी खत्रीले भने, ‘यो केसलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउँछौं ।’कान्तिपुर दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय