१३ वर्षमै ‘पुरोहित’, जो अग्रज र परिपक्व पण्डितले झैं कर्मकाण्ड गर्छन्

२०७६ कार्तिक ८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – उमेरले १३ वर्षका मात्रै पुगेका छन्, महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला । हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहितले गर्ने कार्य जस्तै पोख्त छन्, उनी ।

गाउँघर कतैबाट जजमानी गर्नुपरे उनैलाई पहिलो निम्तो आउँछ । प्रायः सबै ठाउँमा उनी नै पुग्छन् ।

निम्ता आएका घरमा गई उनी अग्रज तथा परिपक्व पण्डितले झैं कर्मकाण्ड गर्छन् । संखुवासभाको मादीमा रहेको पुण्य हरिकुलममा उनी संस्कृत पढिरहेका छन् ।

भविष्यमा दक्ष प्रवचन गर्ने नामी पण्डित बन्ने धोको रहेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय