मिसावटको आशंकामा गुणस्तर परीक्षणको लागि पठाएको सुन नै गायब

२०७६ आश्विन २९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।

संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार