अब काठमाण्डौँमा भुईँदेखि आकाशसम्म सेनाको गस्ती

२०७६ आश्विन २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण तालिका सार्वजनिक गरेसँगै सुरक्षामा पनि कडाइ गरेको छ । राजकीय भ्रमणका लागि नेपालको आउन लागेको राष्ट्रपति सीले शनिबार र आइतबार नेपालमा बिताउने छन् । सीको सुरक्षाका लागि चारवटै सुरक्षा निकायले आवश्यक तयारी थालेका छ । नेपाली सेनाको कमाण्डमा हुने सुरक्षा टोलीको पहिलो घेरामा सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा राष्ट्रिय अनुसन्धान विभागको टोली रहने सुरक्षा अधिकारीहरुले बताए ।

सुरक्षाका लागि नेपाली सेना लगायत चारओटै सुरक्षा निकायले परिचालन समेत भइसकेका छन् । सीको सुरक्षाका लागि पाँच हजार बढी नेपाली सेना परिचालन भएको बताइएको छ । यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत उल्लेख्य मात्रामा परिचालन गरिनेछ । चिनियाँ राष्ट्रपति सीलाई सडकदेखि हवाई मार्गमा समेत सुरक्षा प्रदान गरिनेछ ।

सी जाने काठमाडौं सबै स्थानको आकाशमा नेपाली सेनाको हेलिकप्टरले हवाई गस्ती गर्नेछ । अति विशिष्ट व्याक्तिको सुरक्षा कमाण्ड यसअघि समेत नेपाली सेनाले नै गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय