
इटहरी – इटहरीमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । आफ्नैै घरबाट लडेर ५० बर्षिय कृष्णकुमार चौधरीको मृत्यु भएको हो ।
इटहरी ९ मा रहेको चौधरीको घरबाटै लडेर मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । केहि समय देखि मानसिक रोगको औषधी खादै आएको चौधरी के कारणले हाम फाले भन्ने विषयमा अनुसन्धान भईरहेको बताए ।
