आज महानवमी, भगवती सिद्धिदात्रीको पूजा-अनुष्ठानसाथ बलि दिइँदै

२०७६ आश्विन २०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँ – आज नवरात्रीको नवौं दिन । देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा आराधना गरि मनाईंदै छ ।

महानवमीको दिन घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगि चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

महानवमीको दिन विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारी साधनको पुजा गरि विश्वकर्माको स्मरण गर्ने चलन छ ।

बलि दिनका लागि आज उपत्यकाभित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, संकटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय