अदालतको आदेश लिएर आइतबार महरालाई पक्रने तयारी

२०७६ आश्विन १८, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध अन्तत: प्रहरीमा उजुरी दर्ता गराएकी छन्।

आफूलाई बला त्का र गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन्।

‘भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी उच्च स्रोतले भन्यो।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई ब ला त्का र र हातपात गरेको बताएकी थिइन्।

भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो।

प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई ब ला त्का र गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्।

‘शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको छ’, स्रोतले भन्यो।

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।

त्रिवि शिक्षण अस्पतालमा हिजो नै रोशनीको स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार