महराको काण्ड खुलासा गर्ने पत्रकार अजयबावु सिवाकोटीलाई पुलिसको सुरक्षा निगरानी

२०७६ आश्विन १६, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सभामुख रहेका कृष्ण बहादुर महरा काण्ड पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई अहिले प्रहरीले सुरक्षा दिएको छ।

काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए। ‘पछिल्लो समय उहाँले उठाएको इस्यु चर्चामा छ। यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य हो। सुरक्षाका दृष्टीले हामीले निगरानी गरेको मात्र हो। सुरक्षाकर्मी नै खटाएको भने छैन,’ उनले भने।

सिवाकोटीले प्रहरीमा उजुरी गरेर निगरानीमा राखेको भने होइन। पत्रकार सिवाकोटीका अनुसार आफूलाई बुधवार एक प्रहरी अधिकारीले आफै फोन गरेर हामीले निगरानी गरिरकेका छौं भनेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार