बुधबारदेखि दमकलगायत देशका २६ सहरमा फोरजी सेवा सञ्चालनमा आउदै !

२०७६ आश्विन १३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्नेभएको छ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

‘परीक्षणका धेरै काम सफल भइसकेका छन्’ उहाँले भन्नुभयो, ‘अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्छौं ।

मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिनुभयो ।

पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार