चाडपर्वमा नेपाल टेलिकमको बोनस

२०७६ आश्विन १३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – दशैँलाई लक्षित गरेर टेलिकमले रिचार्जमा ग्राहकलाई बोनस उपलब्ध गराउने भएको छ । कम्पनीले यही असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज कार्ड अथवा एमपोसमार्फत रिचार्ज गर्दा यस्तो सुविधा उपलब्ध गराएको हो ।

रिचार्ज कार्डबाट दुई सय रुपियाँसम्म रिचार्ज गर्दा १० प्रतिशत र पाँच सयदेखि एक हजार रुपियाँसम्म रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यस्तो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नयाँ फोरजी ग्राहकलाई दुई दिनको अवधिसम्म प्रयोग गर्न मिल्ने दुई सय एमबी डेटा बोनसका रूपमा उपलब्ध गराउने भएको छ ।

पोस्टपेड ग्राहकलाई निःशुल्क मिस्ड कल अलर्ट र प्रिपेड ग्राहकलाई छठसम्म सोही किसिमको सुविधा कम्पनीले उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार