कम्युनिस्टहरूको ज्यादतीको प्रतिकार गर्ने तरुण दलको चेतावनी

२०७६ आश्विन १३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – दुई तिहाइको बलियो कम्युनिस्ट सरकारको ज्यादती बढ्दै गएको भन्दै कम्युनिस्टहरूको अहँकारको प्रतिकार गर्ने चेतावनी नेपाल तरुण दलले दिएको छ ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले आइतबार साँझ विज्ञप्ति जारी गरेर नेकपाका अरिँगालहरूलाई अनुशासनमा बस्न चेतावनी दिएका छन् ।

‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान रक्षा गर्ने दायित्व युवा तरुणहरूको काँधमा आएको छ’, उपाध्यक्ष चापागाइँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेकपाका अराजक कार्यकर्ताद्वारा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद डा।मीनेन्द्र रिजालमाथि तनहुँ जिल्लामा भएको घटनाले गम्भीर ध्यानाकषर्ण भएको छ ।’

नेपाली कांग्रेसका नेता डा रिजालको कार्यक्रमलाई बिथोल्न नेकपा कार्यकर्ताले रक्सीका खाली बोतल, लाठी लगायतका घरेलु हतियार लिएर अबरोधको प्रयास गरेका थिए ।

नेपाल तरुण दलले जनताले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानको विपरित गर्ने क्रियाकलापको प्रतिकार गर्ने चेतावनी दिएको छ । यस्ता घटना दोहरिए तरुण दलले प्रतिकार गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय