रेनु दाहालको चरित्र हत्या गर्न खोज्नेमाथि कार्वाही हुने, अनुसन्धान गर्दै प्रहरी

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन – चितवनमा शनिबार ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणसँग जोडेर भरतपुर महानगरपालिका मेयर रेनु दाहालको चरित्र हत्या हुन थालेपछि प्रहरी सक्रिय भएको छ ।

प्रहरीले रेनु दाहालको मानमर्दन तथा चरित्र हत्या गर्ने किसिमले सामाजिक सञ्जालमा अभिव्यक्ति र सामग्री सार्वजनिक हुन थालेपछि अनुसन्धान शुरु गरेको हो ।

‘ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणलाई जोडेर मेयर रेनु दाहाललाई गालीगलौज गर्ने कार्य भइरहेको छ ।” चितवनका एसपी दान बहादुर मल्लले भने, “हामीले त्यसको सूक्ष्म अनुसन्धान गररहेका छौं । अनुसन्धानबाट व्यक्ति तथा समूह पत्ता लगाएर कार्वाही प्रक्रिया अगाडि बढाउछौं ।”

दाहालमाथि निकै तल्लो स्तरमा उत्रेर आलोचना गरिएको छ । नेपाल र नेपाल बाहिर रहेका कतिपय व्यक्तिहरुले उनलाई गालीगलौज गर्ने काम बढन थालेपछि प्रहरीले सक्रियता देखाएको हो ।

किटानी जाहेरी आएपछि सम्बन्धित व्यक्तिमाथि सोझै कार्वाही हुने अवस्था भएपनि सामाजिक सञ्जालको निरिक्षण गर्न बेग्लै प्रहरी टिम या इकाई हुनुपर्ने माग समेत कतिपयले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार