बिराटचौकमा टिपरले लियो ९ बर्षीय बालकको ज्यान

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिराटचौक – मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बिराटचौकमा ९ महिना अघि पनि टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयले आधा दर्जन बढी टिपर जलाउनुका साथै सोही सडकमा टिपर आवातजावतमा रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय