दसैं सुरु भइसक्दा पनि मौसम नखुल्नुको कारण यस्तो …

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- विगतमा प्राय: दसैं सुरु भइसक्दासम्म मनसुन सकिन्थ्यो । तर, यसवर्ष मनसुन अझै बाँकी रहँदा मौसम खुल्न सकेको छैन ।

देशभरको मौसम अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

आइतबार दिनभर देशभरि सामान्य हुने जनाइएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । मध्य र पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा औसतबाट केही उत्तर तिर सकेको छ । यस्तै भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ । यस्तै भारतको उत्तर प्रदेशमा अर्को न्यून चापिय प्रणाली विकास भएकाले मौसम बदली भएको हो ।

अरब सागर र बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि सक्रिय भएको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय