ट्याक्टरको ठक्करबाट पथरीमा एकको मृत्यु

२०७६ आश्विन ११, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उर्लाबारी – मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रतुवामाई नगरपालिका-१० सोमबारे बस्ने ४६ वर्षीय बिमल न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । को.२ त २८३२ नम्बरको ट्याक्टररले न्यौपाने सवार को.२६ प ४४६४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार