‘न्वाइज’ नेपालमा प्रदर्शन, कोरियाली थ्रिलरले दर्शकको ध्यान खिच्यो

२०८२ भाद्र २१, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाण्डौ। दक्षिण कोरियाली साइकोलोजिकल थ्रिलर चलचित्र ‘न्वाइज’ (Noise) नेपालका विभिन्न सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ। राखी मोशन पिक्चर्सद्वारा वितरित चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

किम सू-जिनद्वारा निर्देशित चलचित्र दुई दिदीबहिनी—जू–योङ (ली सुन-बिन) र जू–ही (हान सू-आ)—को वरिपरि घुम्छ। नयाँ अपार्टमेन्टमा सरेपछि जू–ही अचानक हराएपछि सुरु हुने रहस्यमय घटनाक्रमले चलचित्रलाई थप सस्पेन्सपूर्ण बनाएको छ।

जू–हीको प्रेमी कि–हून (किम मिन-सोक) तथा अन्य पात्रहरू घटनाको तहसम्म पुग्ने प्रयासमा लागेपछि कथा थप उत्कर्षमा पुग्छ। साउन्ड डिजाइन, कथावाचन र मनोवैज्ञानिक तनावको प्रस्तुति दर्शकहरूलाई बाँध्न सफल भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।

चलचित्र नेपालमा प्रदर्शनमा आएकोमा कलाकारहरूले खुशी व्यक्त गरेका छन्।
अभिनेत्री ली सुन-बिन ले सामाजिक सञ्जालमार्फत भनिन्, “न्वाइज नेपालमा रिलिज भएकोमा म निकै उत्साहित छु। दर्शकको मायाले हामीलाई अझ प्रेरित बनाएको छ।”

त्यस्तै, हान सू-आ ले पनि नेपाली दर्शकप्रति आभार प्रकट गर्दै भनिन्, “यहाँका दर्शकहरूको प्रतिक्रिया पाउँदा अत्यन्तै रमाइलो लागेको छ।”

र्यू क्योङ-सू, जसले चलचित्रमा ५०४ नम्बरको पुरुषको भूमिका निर्वाह गरेका छन्, भन्छन्, “नेपालका दर्शकको उत्साह देख्दा मन गद्गद भएको छ। यो सिनेमा हेरेर फरक अनुभव लिन सक्नुहुन्छ।”

प्रेमीको भूमिका निर्वाह गरेका किम मिन-सोक ले भने, “नेपालमा चलचित्र रिलिज हुनु र यहाँको दर्शकबाट पाइरहेको माया प्रशंसायोग्य छ। आशा छ, सबैलाई चलचित्र मन पर्नेछ।”

नेपालमा पहिलो पटक प्रदर्शनमा आएको कोरियन साइकोलोजिकल थ्रिलर ‘न्वाइज’ २०७८ भदौ १३ गतेदेखि देशभरका प्रमुख हलहरूमा प्रदर्शन भइरहेको छ। चलचित्रको टिकट खल्ती, सिनेप्लेक्स एप लगायत अनलाइन माध्यमबाट बुक गर्न सकिनेछ।

फिल्मको टिकट काट्न को लागी  यो लिङकमा क्लिक गर्नु होला

noise.ektukra.com

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय