धरौटीमा छुटे दमकका व्यवसायी विष्णु शाह

२०८२ जेष्ठ ३१, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमक । दमकका व्यवसायी विष्णु शाह तेली १० हजार धरौटीमा छुटेका छन्। चार दिन अघि पक्राउ परेका उनी विहिबार धरौटीमा रिहा भएका हुन् ।

प्रहरीले शाहलाई अभद्र व्यवहार सम्बन्धी उजुरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको थियो। दमक ७ का किराना व्यवसायी हुन्।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राइका अनुसार इटहरी निवासी जङ्गबहादुर गोस्वामीले आफूमाथि निज शाहले कुटपिट गरेको उजुरी दर्ता गरेका थिए । उजुरी लगत्तै निज शाहलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रण लिएको थियो।

जाहेरीमा गोस्वामीले चार दिनअघि व्यापारको विषयमा दमक -६ को एक पसलमा अन्धाधुन्द कुटपिट गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय