दमकका पूर्व नगरप्रमुख एवं समाजवादी नेता बुढाथोकीको निधन

२०८२ जेष्ठ ४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा दमक नगरपालिकाका पूर्व नगर प्रमुख एवं नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।

बहुदलीय व्यवस्था लागू भएपछि मुलुकमा २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्वर्गीय बुढाथोकी नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

लामो समयदेखि मिर्गौला सम्बन्धि समस्याबाट पीडित बुढाथोकी उपचारका क्रममा थिए । दमक ५ निवासी बुढाथोकीको आज बिहान १० बजे आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुढाथोकीको पार्थिव शरिरमा श्रद्धाञ्जलीका लागि उनको शव अहिले १२ बजेदेखि १ बजे सम्म दमक नगरपालिका परिसरमा राखिने जनाइएको छ । उनको आजनै अन्त्येष्टी गरिने जनाइएको छ ।

पूर्व नगर प्रमुख बुढाथोकीको निधनले मर्माहत बनाएको उल्लेख गर्दै दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाइँले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिका मार्फत दमकको समृद्धिमा पुयाउनु भएको योगदान सदैव स्मरणीय रहने जनाएकी छिन् ।

बुढाथोकीको निधनले नगरले एक अनुभवी, समर्पित र दूरदर्शी नेतृत्व गुमाएको छ–उपप्रमुख भट्टराईले थप भनेकी छिन् – समाजसेवा र जनउत्तरदायी प्रशासनप्रति उहाँको लगाव, समर्पण र योगदान हामी सबैका लागि प्रेरणाको स्रोत रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय