कमलमा नियमित खोप प्रभावकारी बनाउन नयाँ अभ्यास

२०८१ फाल्गुन १४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा / कमल २ स्थित कमल गाउँपालिकाको प्रमुख स्वास्थ्य केन्द्र कमल नगर अस्पतालले हरेक महिना सञ्चालन गर्दै आएको बालबालिका लक्षित खोप अभियानलाई प्रभावकारी बनाउन नयाँ अभ्यास शुरु गर्ने भएको छ ।

यो अस्पतालले प्रत्येक महिनाको १५ र १६ गते नियमित खोप अभियान सञ्चालन गर्दै आएको छ ।

फाल्गुन महिनामा पनि १५ गते भुत्लुङ्ग खोप केन्द्र र १६ गते कमल नगर अस्पताल खोप केन्द्रमा नियमित खोप सेवा प्रदान गरिने अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले जानकारी दिए ।

यसपटकदेखि खोप अभियानलाई थप प्रभावकारी र परिणाममुखी बनाउन कमल नगर अस्पताल सञ्चाल तथा व्यवस्थापन समिति अध्यक्ष समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले अबदेखि खोप लगाउनुपर्ने बालबालिकाको नाम, अभिभावकको नाम, सम्पर्क नम्बर र खोपको नाम सार्वजनिक गर्ने निर्णय लिएका छन् ।

व्यवस्थापन समितिको बैठक मार्फत गरिएको यो निर्णयले खोप कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउने विश्वास गरिएको छ । अभिभावकलाई समयमै जानकारी गराएर खोप छुट्ने सम्भावना न्यून बनाउने उद्देश्यले यो पहल गरिएको अध्यक्ष राईको भनाई छ ।

समयमै सूचना पाएपछि अभिभावकहरु आफ्नो बालबालिकालाई खोप लगाउन लैजान सजिलो हुनेछ यसले खोप छुट्ने सम्भावना घट्ने हाम्रो विश्वास हो – अध्यक्ष राईले भने ।

अस्पतालले खोप अभियानलाई व्यवस्थित बनाउँदा समुदायमा यस अस्पातलप्रतिको विश्वास बढाउन मद्धत पुरयाउनेछ ।
कमल नगर अस्पतालले समुदायका बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिएको यो निर्णयलाई स्वास्थ्य क्षेत्रमा अनुकरणीय पहल मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय