कमल गाउँपालिकाले दियो विपन्न १५ परिवारलाई घर बनाउने जस्तापाता

२०८१ भाद्र २९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमल गाउँपालिकाले वडा नं ५ स्थित टुक्रेका विपन्न १५ परिवारलाई घर बनाउने जस्तापाता र बाँस प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार सो क्षेत्रका विपन्न नागरिकहरुको जिवनयापनमा सहजताका लागि प्रति परिवार साढे ७ बण्डलका दरले जस्ता पाता र आवश्यक बाँस उपलब्ध गराइएको हो ।

अध्यक्ष राई र उपाध्यक्ष प्रमिला न्यौपानेले शुक्रबार सो क्षेत्रमा पुगेर लक्षित परिवारलाई ति सामग्री हस्तान्तरण गरे ।

अध्यक्ष राईले स्थानीय सरकारको सिमित स्रोत साधनबाट गाउँपालिकाबासीहरुलाई प्राथमिकताका आधारमा बसोबासका लागि आवश्यक राहत स्वरुप बसोबासमा सहजता प्रदान गर्न सो सहयोग गरिएको बताए ।

स्थानीयबासीहरुले दशैंको सन्मुखमा स्थानीय सरकारले न्यूनतम आधारभूत आवश्यकतालाई सम्बोधन गरिदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार