कमल र चुलाचुली गाउँपालिकाले सिम्लेको संगमस्थल रतुवा किनारमा मुक्तिघाट बनाउने

२०८१ जेष्ठ २९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामको चुलाचुली र झापाको कमलका बासिन्दालाई लक्षित गरेर दुई स्थानीय तहले व्यवस्थित शव दाहस्थल निर्माण गर्ने भएका छन् ।

चुलाचुली ३ र कमल गाउँपालिकाको उत्तरी क्षेत्र वडा नं ५ सिम्लेको संगमस्थल रतुवा किनारमा मुक्तिघाट निर्माणको लागि संयुक्त प्रयास शुरु भएको हो ।

चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईसहितको संयुक्त टोलीले सोमबार सो योजनास्थलमानै सो बिषयमा छलफल गरेको जनाइएको छ ।

त्यहाँ भएको दुई पालिका प्रमुखहरुसहितको बैठकमा तत्काल सो स्थानमा शवदाह गृह, शौचालय, ट्युबेल (खानेपानी)को व्यवस्था समेतमा आवश्यक बजेटका लागि संयुक्त पहल गर्ने निर्णय भएको छ ।

चालू आर्थिक बर्षमानै चुलाचुली गाउँपालिकाका तर्फबाट सो योजनाका लागि ५ लाख रुपैयाँ बराबरको काम गरिने र अपुग रकम आगामी आर्थिक बर्षमा कमल गाउँपालिकासहित अन्य स्रोतहरुबाट व्यवस्थापन गरिने सो योजना सम्पन्न गर्ने लक्ष्य राखिएको चुलाचुलीका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार