झापा / रङ्गहरूको पर्वको रुपमा परिचित होली पर्वको अवसरमा गौरादहमा होली विशेष कार्यक्रम हुने भएको छ ।
सारथी युवा क्लबको आयोजनामा गौरादहको मुख्य चोक डिपुचौकमा सोमबार एक दिने होली विशेष कार्यक्रमको आयोजना गरिने भएको हो ।

`सामाजिक सद्भाव कायम राखौं, परम्परा र संस्कृतिको जगेर्ना गरौं´ भन्ने नाराका साथ यस वर्षको होली कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष गोबिन्द कँडेलले बताए ।
कार्यक्रममा संगितिक प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलकारहरुको प्रस्तुती रहने अध्यक्ष कँडेलले बताए ।





