प्रतिबन्धित ब्राउनसुगर सहित गौरादहका निरज पक्राउ

२०८० फाल्गुन २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा गौरादह नगरपालिका – ५ बाट प्रतिबन्धित ब्राउनसुगर सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ४ का २२ वर्षिय निरज खत्री रहेका छ्न ।

बिहिबार बेलुका ८ बजे गौरादह नगरपालिका- ५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले खत्री सवार मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनको साथबाट २९ ग्राम ४६० मिलीग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैया समेत बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनलाई थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय