गौरादहमा महिला सशक्तीकरण तथा कानुनी परामर्श तालिम सम्पन्न

२०८० फाल्गुन २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – ११४औं अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गौरादहमा महिला सशक्तीकरण तथा कानुनी परामर्श सम्बन्धि एक दिवसीय कार्यक्रम गरिएको छ । क्लब हिमालयन टाइगर गौरादहको आयोजनामा गौरादह ५ मा अवस्थित नमुना पाहुना घरको सभाहलमा मंगलबार कार्यक्रम गरिएको हो ।कार्यक्रममा अधिवक्ता कविता बाँस्तोलाले प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षण कार्यक्रममा बोल्दै बाँस्तोलाले महिला दिदीबहिनीलाई जुनसुकै काम गर्न पनि दृढताका साथ लागेर सम्पन्न गर्नुपर्ने बताइन् । म गर्छु भनेर लागिपर्दा धेरै किसिमले सफल भइने पनि उनले बताइन् ।
उनले महिलामाथि हुने गरेका विभिन्न किसिमका हिंसाको जानकारी दिँदै ती खाले हिंसाबाट कसरी जोगिने, तिनको कानुनी उपचार के कस्तो हुनसक्छ भन्ने बारेमा पनि बताएकी थिइन् । उनले नेपालको संविधानले महिलालाई दिएको अधिकारका विषयमा चर्चा गरेकी थिईन । आयोजक संस्थाकी अध्यक्ष सरिता कटुवाल कार्की सभापति रहेको कार्यक्रममा अतिथिको रूपमा गौरादह नगरपालिका वडा न. ४ का वडाअध्यक्ष दुर्गामणी बस्नेत, वडा नं. ३ का वडाअध्यक्ष दिलिप भण्डारी, क्ल्बका केन्द्रीय अध्यक्ष खेमराज भण्डारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन निर्माला रिमालले गरेकी थिइन् भने स्वागत मन्तव्य निर्मला शर्माले राखेको थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार