`म्याकुरी´ कुटेको आरोपमा शर्मिला वाइवा पक्राउ

२०८० फाल्गुन १६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आफूलाई सामाजिक अभियन्ता दावी गर्दै आएकी शर्मिला वाइवा पक्राउ परेकी छन् ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा उनलाई आज अपराह्न प्रहरीले पक्राउ गरेको हो । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइवाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा उनलाई बाह्रविसेबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । वाइवालाई अहिले काठमाडौँ ल्याइदैछ ।

एक हप्ताअघि सार्वजनिक भएको कलाकार खतिवडा र उनकी श्रीमती सुम्निमा खालिङको विवादमा वाइवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै चर्को आलोचना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार