गौरादहमा ट्याक्टरको ब्याट्री चोरीमा संलग्न भएको आरोपमा एकजना पक्राउ

२०८० फाल्गुन १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादह नगरपालिका -४ स्थित खाङ्टाबाट चोरीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका ३५ वर्षिय मोहम्मद काँदर रहेका छन ।

शुक्रबार राति ११ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले स्थानीय रामप्रसाद ढ्कालको ट्याक्टरमा प्रयोग हुने दुई थान ब्याट्री चोरी गरि माटोमा पुरेको अवस्थामा सामान सहित पक्राउ गरेको हो ।

चोरीमा संलग्न काँदरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक लगिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय