महासमिति बैठकबारे झापाली कांग्रेस नेता कार्यकर्ताहरु के भन्छन ?

२०८० फाल्गुन ७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सोमबारदेखि ललितपुरको गोदावरीमा शुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकका लागि अधिकांश सहभागीहरु संघीय राजधानी केन्द्रित भएका छन । कतिपय सहभागीहरु काठमाडौंमा भेला हुने क्रम जारी छ ।

यसै परिप्रेक्ष्यमा पार्टीलाई बदलिँदो परिवेशमा नयाँ ढंगबाट अघि बढाउन दिशानिर्देश गर्नुपर्ने झापाली कांग्रेस युवा नेताहरुले बताएका छन ।

मुलुकमा हरेक राजनीतिक व्यवस्था परिवर्तनमा अभिभावकिय भुमिका निर्वाह गरिआएको कांग्रेसलेनै अहिलेको राजनीतिक र सामाजिक अवस्थाको सुक्ष्म विश्लेषण गरी मुलुकलाई सही दिशा निर्देश गर्न भुमिका खेल्नुपर्ने परिस्थिती आएको पनि उनीहरुको साझा बुझाई छ ।

आम नागरिकको भरोसा नेपाली कांग्रेसमै भएकोले पार्टीको नीति भित्र रहेर असल थीति ( व्यवहारिक रुपमै) अपनाउन यो बैठकले दिशा निर्देश गर्नुपर्ने युवा नेताहरुको भनाई छ ।
पार्टीको महासमिति बैठक कर्मकाण्डी मात्रै बन्न नहुने कांग्रेस झापाका बैचारिक युवा नेता पर्शुराम रिजाल बताउँछन ।

अहिले कांग्रेस बिधान केन्द्रित भन्दा पनि ब्यक्ति केन्द्रित हुन थालेको भन्दै यसलाई सुधारेर बिधान अनुसारका काम समयमै गर्न सके मात्रै पनि पार्टीमा धेरै सुधार हुने नेता रिजालको सुझाव छ ।

कांग्रेसले यथास्थितीमा नयाँ पुस्ताको भावना समेट्न नसक्ने भन्दै रिजालले भने– यो बैठकबाट नेपाली काङग्रेस पार्टीलाई समय र परिवेश अनुसार नीतिगत र संस्थागत रुपमा सुधारका निर्णयहरु हुन सकोस ।

हाल नेपाली काङग्रेस नेतामुखी र शक्तिमुखि भएका कारण बिधि ,प्रकृयालाई पाखा लगाएर नातावाद ,अवसरवाद प्रसय दिने र पाउने प्रवृतिले हौसला र अवसर पाएको कारण ईमान्दार र निष्टावान कार्यकर्ता र आम नागरिकमा नैराश्यता छाएको छ । त्यसता गलत प्रबृतिलाई चिर्दै जनतामुखी ,कार्यकर्तामुखी पार्टीका रुपमा नेपाली काङग्रेसलाई रुपान्तरित गरि संस्थागत निर्णय गर्ने,पार्टीलाई बिधान सम्मत रुपमा परिचालन गर्ने ,एक ब्यक्ति एक पदको जिम्मेवारी प्रदान गर्ने ,भातृसंस्थाको समयमा महाधिबेशन गर्ने र बर्तमानका समस्याको निकास दिदै अगाडि बढने काङग्रेको मार्गचित्र यस महासमिति बैठकले कोर्नुपर्छ ।

महासमिति सदस्य तथ कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पार्टीको महासमिति बैठकमा पार्टी कार्यकर्ताहरुको मात्रै नभएर आम नागरिकको कांग्रेसप्रतिको धारणाका बारेमा समेत छलफल हुनेमा विश्वस्त रहेको बताए ।

महासमिति बैठकमा नागरिकका गुनासाहरुको बिषयमा पनि गम्भिर छलफल हुनेछ । वर्तमान राष्ट्रिय राजनीतिमा कांग्रेसको भुमिकाका बिषयमा पनि प्रशस्तै प्रश्नहरु तेर्सी रहेकाले महासमिति बैठकले यसबारेमा ठोस निर्णय लिनेनै छ भन्ने लागेको छ – नेता राईले भने ।

संघियतालाई संस्थागत गर्न र नागरिकका बढ्दो अपेक्षा सम्बोधन गर्न पार्टीका नयाँ कार्यक्रमहरु महासमिति बैठकले बनाउने उनले बताए ।

त्यसैगरी कांग्रेस महासमिति सदस्य समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सबै कार्यकर्ताको भावना समेट्ने गरी महासमिति बैठकले निर्णय गर्ने अपेक्षा गरिएको बताइन ।

महासमिति बैठकमा आफुले बिधान अनुसार भातृ संगठनहरुलाई परिचालीत गर्न सुझाव राख्ने उनले जानकारी दिइन ।
कांग्रेस मुलुकको अभिभावक पार्टी भएकोले कांग्रेसको महासमिति बैठकलाई फरक आस्था र विचार राख्ने नागरिकहरुले पनि चासोका साथ हेरिरहेको भन्दै उनले नेपाली जनताको परिवर्तित अपेक्षा अनुसार महासमिति बैठकले कार्यक्रमहरु ल्याउने विश्वास रहेको उनको भनाई छ ।

पार्टी नयाँ ढंगले अघि बढेकालेनै अहिले पहिलो पार्टी बन्न सफल भएको भन्दै महासमिति बैठक पछि अझ सशक्त ढंगले अघि बढ््ने नेपाल तरुण दल झापा जिल्लाका कार्यबाहक अध्यक्ष राजकुमार न्यौपाने(राजु)ले बताए ।

पछिल्लो समय ब्यवस्थामाथि आक्रमण गर्ने क्रम बढेको भन्दै यसलाई रोक्न पनि परिवर्तनकारी शक्तिहरु बिच सहकार्य गर्न आवश्यक रहेको र यसका लागि परिवर्तनकारी शक्तिहरुबीचको सहकार्यलाई निरन्तरता दिने नीति पार्टीले अवलम्बन गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय