गौरादहमा आगलागी, धानको पराल जलेर नष्ट

२०८० फाल्गुन ६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गौरादह- १ रेडक्रस चौकमा आगलागी हुँदा १५ कठ्ठा खेतमा लगाइएको धानको पराल जलेर नष्ट भएको छ ।

शनिबार साँझ अन्दाजी ७:१५ बजे स्थानीय रमादेवी सेढाईको धानको परालमा आगलागी भएको हो । उनले अधिँया गरेर कमाएको परालमा आगलागी भएको हो ।

स्थानीयवाशी, प्रहरी र गौरादहको बारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि पराल भने पुर्ण रुपमा नष्ट भएको छ ।

आगो नियन्त्रण गर्न झन्डै एक घण्टा समय लागेको थियो । चुरोटको ठूटाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार