सरस्वती प्राथमिक विद्यालयलाई करिव ३० लाखको आइसिटी सामाग्री प्रदान

२०८० फाल्गुन १, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गौरादह नगरपालिका वडा नं २ मा रहेको सरस्वती प्राथमिक विद्यालयलाई महँगा मूल्यका सूचना प्रविधि(आइसीटी) सामाग्री सहयोग उपलब्ध भएको छ ।

विद्यालयका पुर्व विद्यार्थी डा. सन्तोष दुलालको पहलमा अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग (युएस एआईडी) ले करिव तीस लाख मुल्य बराबरको सामाग्री सहयोग गरेको हो । विद्यालय परिसरमा आज (मंगलबार) एक औपचारिक समारोहका बीच सो सामाग्री हस्तान्तरण गरिएको हो ।

पहलकर्ता डा. दुलालले आधारभुत तहमा प्रबिधिमैत्री कक्षा र शिक्षण कृयाकलापले नगरकै नमुना विद्यालयको रुपमा देख्ने सुन्न पाए उपलब्ध सामाग्री सहयोगको उदेश्य पुरा हुने र यस कार्यका लागि विद्यालय परिवार सदैव तत्पर हुनु पर्नेमा जोड दिए ।

आइसिटि सामाग्री अन्तरगत डेस्टप कम्युटर ५ सेट, ल्यापटप कम्युटर ५ सेट, ट्याब्लेट ५ सेट, एंडरोयड फोन ५ सेट, प्रिन्टर २ थान, हार्ड ड्राइभ २ थान वाटर डिस्पेन्सर २ थान, व्ह्वाइट बोर्ड ४ थान लगायतका सामाग्री रहेका छन् ।

विद्यालयलाई सहयोगका लागि गौरादह २ का वडासदस्य शंकर कट्टेलबाट विद्यालय र विद्यालयलाई आवश्यक सामाग्रीका बारेमा आफुलाई जानकारी आएको बताए । उनले पुर्व विद्यार्थीका नाताले आगामी दिनमा समेत विद्यालयलाईलयलाई सहयोग जुटाउन पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै गौरादह २ का वडाअध्यक्ष गोपाल कोइरालाले उपलब्ध सामाग्रीले विद्यार्थीहरुको पठनपाठन प्रक्रियालाई व्यवहारिक एवं सुचना प्रविधी मैत्री बनाउन सघाउ पुर्याउने बिश्वास व्यक्त गर्दै दातृ निकायलाई धन्यवाद ज्ञापन गरे ।

गौरादह नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर आचार्यले अमेरिकी दातृ निकाय युएस आईडीबाट नगरका अन्य सामुदायिक विद्यालयमा समेत सहयोगको अपेक्षा राखेको बताए।

यस्तै, कार्यक्रमका प्रमुख अतिथी गौरादह नगरपालिका प्रमुख छत्रपती सुवेदीले विद्यालयमा आइसिटी ल्याब निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले प्राप्त सामाग्रीको विद्यालयले उच्चतम प्रयोग गर्दै त्यसको उचित संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका तर्फबाट पुर्व विद्यार्थी तथा सूचना सामाग्रीका पहलकर्ता डा. दुलाल र उनकी धर्मपत्नी डा.समिक्षा न्यौपानेलाई दोसल्ला ओडाएर सम्मन गरिएको थियो ।

वडाअध्यक्ष गोपाल कोईरालाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, पिटिए अध्यक्ष, स्थानीय बासिन्दा, विद्यार्थी लगायतको उपस्तिथि रहेको थियो । भने कार्यक्रमको संचालन विद्यालयकी प्रधानाध्यापक पुष्पा सापकोटाले गरेको थिइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय