धिमधिमे चोकमा सिसि क्यामेरा जडान

२०८० मंसिर २१, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गौरादह नगरपालिका वडा नं ३ मा रहेको धिमधिमे चोकमा सिसिटिभि क्यामेरा जडान गरिएको छ ।

धिमधिमे युवा क्लबको पहलमा शान्ति सुरक्षाका लागि सहयोग अभिवृद्धि तथा चोरी नियन्त्रणका लागि  सिसिटिभि क्यामेरा जडान गरिएको हो ।

सिसि क्यामेरा जडानका लागि सोहि वडाका मानबहादुर ठटालले रु ११ हजार ५ सय, सुवास अधिकारीले दश हजार, सुन्दर खत्रीले रु दश हजार र वडाअध्यक्ष दिलिप भण्डारीको व्यक्तिगत २० हजार रुपैयाँ सहयोगले तीन थान क्यामेरा जडान गरिएको धिमधिमे युवा क्लबका अध्यक्ष प्रविन बस्नेतले जानकारी दिए ।

अध्यक्ष बस्नेतले सुरक्षा व्यवस्था चुस्त बनाउन र आपराधिक घटना घट्न नदिन चोकमा सीसीटीभी क्यामेरा जडान गरिएको बताए ।

गत वर्ष धिमधिमे क्षेत्रका केहि पसल र घरबाट नगद चोरी भएको थियो । उक्त चोरी भएको सामान तथा नगद हालसम्म पनि फेला पर्न नसकेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

सिसिटीभी जडान गरेपछि आपराधिक घटनामा कमी आउने र सुरक्षा महशुस हुने स्थानीयको भनाई  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार