सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार

२०७९ पुष १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

न्युज कारखाना
काठमाडौं, १९ पुस 

मंगलबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि साेमबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

आज मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय