थाहा पाउनुहोस् आजको मौसम

२०७९ पुष १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

न्युज कारखाना
काठमाडौं,  १९ पुस
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार