मावा समृद्धिको स्पष्टिकरणः सहकारीलाई बदनाम गर्न अफवाह फैलाईयो

२०७६ मंसिर ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उर्लाबारी – मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लिमिटेड उर्लाबारी—७ ले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै संस्थाका विषयमा विभिन्न पत्रिका अनलाईनमा प्रकाशित समाचारको खण्डन गरेको छ ।

संस्थाका व्यवस्थापक अशेषकुमार थापाले विज्ञप्ति सार्वजनिक गर्दै उर्लाबारी – ४ निवासी कमला तामाङको जग्गा संस्थामा धितो राखेर कर्जा लिएको भएपनि उक्त ऋण चुक्ता भइसकेको जनाएका छन् । संस्थामा कमला तामाङका नाममा ऋण कारोवार छैन् । पत्रपत्रिका अनलाईनमा कसरी समाचार आयो हामीले बुझिरहेको छैनौं, व्यवस्थापक थापाले भन्नुभयो ।

संस्थाका अध्यक्ष धु्रवचन्द्र पराजुली र सचिब मात्रिका प्रसाद दाहाललाई संस्थासँग जोडेर समाचार लेख्नु पूर्व संस्थाका व्यवस्थापक वा अध्यक्ष, सचिवको राय समेत नलिएको थापाको भनाई छ । उहाँले भन्नुभयो, कमला तामाङले संस्थासँग आर्थिक कारोवार गरेको देखिन्छ तर पछिल्लो समय कुनै कारोवार छैन् ।

मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष धु्रवचन्द्र पराजुलीले समेत कमला तामाङसँग म र मात्रिका प्रसाद दाहालको व्यक्तिगत कारोवारलाई संस्थासँग जोडेर समाचार प्रकाशन भएकोमो खेद प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार