देउवालाई संचारमन्त्रीको प्रश्न : टनकपुर सन्धी कसको पालामा भएको हो ?

२०७६ मंसिर ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कास्की – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राष्ट्रियताको मुद्दालाई चुनावी मसला नबनाउन विपक्षी दललाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाको आभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसो नगर्न आग्रह गरेका हुन् ।

देउवाले प्रधानमन्त्री ओलीले स्वीकृति दिएर भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा छापेको भन्दै दिएको अभिव्यक्ति प्रति आक्रोसित मन्त्री बास्कोटाले प्रश्न गरे, ‘टनकपुर सन्धी हामीले विर्सेका छैर्र्नाै, जसलाई सर्वोच्च अदालतले पनि गलत हो भनेको छ, त्यो कसको पालामा भयो ?’

भारतले अहिले जारी गरेको राजनीतिक नक्सामा पहिलो पटक नेपालका बहालवाला प्रधानमन्त्रीले स्वीकार्य छैन भन्दै आपत्ति जनाएको उनले स्मरण गराए ।
प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्री देउवाले कुनै विमति नराखेको पनि उनले बताएका छन् ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले यस्तो आरोप लगाउनुभयो भन्ने विश्वास छैन,’ उनले भने, ‘उहाँले यस्तो आरोप लगाउनुभएको हो भने उहाँको बारेमा केही गम्भीर प्रश्न उठाउनुपर्ने भयो ।’

‘यसलाई चुनावी मसला बनाउनु गैरजिम्मेवार कुरा हो,’ उनले थपे, ‘यो राष्ट्रभक्तिको मुद्दा हो, यसमा कुनै दल हुँदैन, यसमा नेपाल राष्ट्र, नेपाली जनता र नेपाली रगतको मात्र हिसाब किताब हुन्छ ।’

बर्तमान सरकार देशको भूमिको रक्षाका लागि आवाज उठाउन नसकन्ने गरी कमजोर नरहेको उनले बताए । तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारी पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा १९५०को सन्धी लागायतका विषयमा पुर्नविचार गर्नुपछ भन्ने प्रस्ताव गरेको उनले स्मरण गराए । पहिले कुटनीतिक च्यानलबाट समस्या फुकाउने पक्षमा र सरकार रहेको र त्यसपछि शीर्ष तहमा कुरा गर्ने अनि त्यती गर्दा पनि नभए अन्य विकल्पमा गएर भएपनि नेपाली भूमि फिर्ता ल्याउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय