
काठमाडौं – गायक प्रमोद खरेलले कैलाली जिल्लाको दक्षिण धनगढी नजिक सिमानामा पुगेर तस्विर खिचाउँदै सामाजिक सञजालमा पोस्ट गरेका छन्। ‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइ रहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्वीर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’
उनले लेखेका शब्दले निकै गहिरो भाव बोकेको छ। राज्यसंयन्त्र फितलो भइदिँदा नै नेपालले धेरै भूभाग गुमाएको छ। अव यस्तै अवस्था रहने हो भने भोलि नेपालले अझ कति जमिन गुमाउने हो? त्यसको आंकलन गर्नसमेत सकिन्न। प्रमोद यस्तो लेख्ने प्रतिनिधि पात्र मात्र हुन्। जनता र राज्य संयन्त्र दह्रिलो हुन नसके प्रमोदले भने जस्तो के थाहा भोलि धनगढीको सिमाना पनि मिचिने हो कि ?

नेपालको परराष्ट्र मन्त्रालयले पनि भारतले एकपक्षीय रुपमा सार्वजनिक गरेको नक्सा नमान्ने बताउँदै वार्तामार्फत नै सीमा वि’वाद टुङ्गोमा पुर्याउनु पर्ने बताएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतीय विदेश सचिव विजय गोखले बीचको भेट लाई कुटनीतिक पहलको थालनीको रुपमा हेर्न सकिन्छ ।