नाकाबन्दीका बेला देउवाको मूखमा के पिँडालु थियो ?

२०७६ मंसिर ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – शनिबार पोखराको एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको विषयलाई लिएर नेकपाका नेताहरुले कडा टिप्पणी गरेका छन्। शनिबार देउवाले पोखराको चुनावी सभामा ओलीकै सहमतिमा भारतले नेपालको भूमि गाभेर नयाँ नक्शा सार्वजनिक गरेको भनेका थिए।

आइतबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सभापति देउवाको अभिव्यक्ति निन्दनीय भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् देउवाले दिएको अभिव्यक्तिको कडा शब्दमा खण्डन गरेका छन्। श्रेष्ठले देउवाको टिप्पणी जति निन्दा गरे पनि कम हुने खालको भएको बताएका हुन्।

त्यसैगरि नेकपाका केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमूख विष्णु रिजालले देशमा नाकाबन्दी हुँदा देउवा किन नबोलेको ? भन्दै प्रश्न गरेका छन्। रिजालले देउवाले प्रधानमन्त्री ओलीको नक्कल गर्न खोजे पनि नक्कलका लागि अक्कल चाहिने भन्दै व्यङ्गसमेत गरेका छन्। रिजालले देउवालाई आफ्नो विगत सम्झन सुझाएका छन्।

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरी नयाँ नक्शा सार्वजनिक गरेपछि सरकारले सर्वदलीय एवं सर्वपक्षीय बैठक बोलाएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले नेपालले आफ्नो भूमि छोड्न नसक्ने भन्दै सरकारको कदममा साथ दिन सबै दललार्इृ अपील गरेका थिए।

प्रधानमन्त्रीको अपीलपछि सबै दलले सरकारको कदमप्रति समर्थन जनाएका थिए। तर, पछिल्ला दिनहरुमा कांग्रेसका नेताहरुले लिपुलेकको विषयलाई चुनावी मसाला बनाउन थालेका छन्। राष्ट्रियताको विषयमा दलहरु विभाजित हुँदा त्यसको प्रत्यक्ष लाभ भारतले लिनसक्ने भन्दै सत्तारुढ दलका नेताहरुले भने देउवाको भनाइप्रति चिन्ता व्यक्त गर्न थालेका हुन्।

सरकारले लिपुलेक फिर्ताका लागि भारत सरकारलाई औपचारिक पत्र पठाएको छ। नेकपाका नेताहरुले पनि सीमा विवादर मिचिएको भूमि फिर्ताका लागि सरकार दृढ रहेको भन्दै राष्ट्रिय एकताका लागि अपील गरेका छन्। प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले पनि भूमि फिर्ता ल्याउन सरकार र नेकपा हदैसम्म दृढ रहेको र विवाद समाधानका लागि पहल भइरहेको जानकारी गराउँदै आएका छन्।

तर, सरकार नै सीमा विवादमा गम्भिर भएर लागिरहेको बेला देउवा किन परिस्थिति भड्काउन उद्दत छन् ? भन्दै नेकपाका नेताहरुले प्रश्न गरेका हुन्। नयाँ संविधानपछि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा १ शब्द नबोल्ने देउवाका पछिल्ला अभिव्यक्ति चुनावी मसाला भए पनि त्यसले राष्ट्रियता थप खतरामा पर्नसक्ने कतिपयको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार