धनुषा – दाईजोमा पाएको मोटरसाईकल नगरेको भन्दै एक युवकले आफुनी श्रीमतीको हत्या गरेका छन् । धुनषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरका प्रकाश मण्डलले आफ्नी २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन् ।
घटना शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ भने आवश्यक अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।
कुसुम र प्रकाशको डेढ वर्षअघि भएको थियो । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टमका लागि राखिएको छ । अस्पतालका चिकित्सकले पनि कुसुमको हत्या भएको बताएका छन् ।
हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेकै कारण आफ्नी छोरीको हत्या गरेको आरोप लगाएका छन् । कुसुम घाइते रहेको भन्दै ससुरा रामचन्द्र मण्डलले उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए ।
कुसुमको शव अस्पताल पु¥याउनासाथ उनी पनि फरार रहेको माइतीपक्षले जनाएका छन् । हिजो शनिबार बिहान मात्रै जानकारी पाएपछि माइती पक्ष पाएपछि मात्रै अस्पताल पुगेका थिए ।