काठमान्डौ – हेम माया थापा फांउन्डेशन लगायत नेपाली देश भक्ति युवाहरुले नेपाल र भारतको सिमानामा* काडेतार लगाएको छ । मिसन नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्मा , महासचिव जेरी ताम्राकार , युवा संयोजक युवराज तिमील्सिना लगायत सहभागि भएर महोत्तरी को सिम्सा नाकामा जाली तार लगाएका हुन् ।
त्यसैगरी १०० ग्रुपका प्रमुख बिमल पन्त, बव्लु गुप्ता नेपाली, समाजसेवी दुर्गा दाहाल, इशारा लामा लगायतको बाक्लो उपस्थिति रहेको थियो । महोत्तरी को सिम्सा नाकामा गएर युवाहरुले आज नेपाली झण्डा गाड्ने देखी काडेतार हाल्ने सम्मका प्रयासहरु सफलताकासाथ सम्पन्न गरेको छ ।
नेपाली भूमी लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा समावेश गरेसंगै बिबाद चर्किएको छ । नेपाली भुमि कुनैपनि हालतमा भारतले मास्न पाउदैन् भन्दै यसको विरोध स्वरुप आज युवाहरुले *नेपाल(भारत सिमामै गएर दबाब सृजना गर्न सफल भएका छन् ।
आजदेखि सीमा नाका बन्द
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।
यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो ।
यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।