मैले म’रे पछि पनि सुख नपाउने भएँ : प्रचण्ड (भिडियो सहित )

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपालमा १० वर्ष चलेको माओवादी यु द्धको नेतृत्व लिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले । मुलुकलाई यु द्ध बाट शान्ति प्रक्रियामा ल्याउन पनि उनैले खेलेका ठूलो भूमिका । विस्तृत शान्ति सम्झौता भएको बिहीबार १३ वर्ष पूरा भएको छ । तर, यु द्ध पीडितहरुले अझै न्याय पाएका छैनन् । यु द्ध कालमा बे पत्ता भएको अत्तोपत्तो छैन । व्यक्तिको लु टिएको सम्पत्ति फिर्ता भएको छैन । यु द्धमा अङ्ग भङ्ग भएकालाई उचित व्यवस्था भएको छैन । यु द्धमा ज्या न गुमाएकाको आश्रित परिवारलाई उचित व्यवस्थापन हुन सकेको छैन । यसर्थ अझै व्यवहारमा शान्ति प्रक्रिया टुंगिएको छैन । यु द्धको नेतृत्व लिएका प्रचण्ड सत्तारुढ पार्टी अध्यक्ष छन् ।

वृहत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई शान्ति सम्झौताका हस्ताक्षरकर्ता मध्ये एक प्रचण्डले े आफू द्व न्द्व कालका सबै घटनामा माफी हुनुपर्छ भन्ने पक्षमा नरहेको जानकारी दिए । ‘क्षमा गर र विर्स’ भन्ने अवधारणामा अन्तरिम संविधानमा नै व्यवस्था गर्ने चर्चा भए पनि आफूले नै आयोगहरु बनाएर मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा माफी हुनसक्दैन भनेको भन्दै उनले भने, ‘हामीले ब्लांकेट एमनेस्टीको कुरा गरेका छैनौं । गम्भीर अपराधलाई कारबाहीमा लैजानुपर्छ र मात्र शान्ति प्रक्रियालाई परिपक्व ढंगले पूरा गर्न सकिन्छ भन्ने मै हुँ ।’
यु द्धका ल र शान्ति प्रक्रियामा राम्रा नराम्रा दुवै पक्षको जस र अपजस स्वीकार्न आफू तयार रहेको भन्दै उनले दोषी ठहर भएमा आफू सजाय भोग्न तयार रहेको जानकारी दिए । जन यु द्ध र शान्ति प्रक्रियाका क्रममा राम्रा र नराम्रो कामको जिम्मा आफूले लिने भन्दै प्रचण्डले भने ‘मैले त मरे पछि पनि सुख पाउने देखिएको छैन ।दोषी ठहर कारबाही भोग्न तयार रहन्छु ।’

२०६३ मंसिर ५ गते भएको शान्ति सम्झौतामा हस्ताक्षर गर्नेमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र वि द्रो ही पक्षबाट प्रचण्ड थिए । कोइरालाको निधन भइसकेको छ । जीवित हस्ताक्षरकर्ता प्रचण्डले सबै मिलेर शान्ति प्रकृयालाई अन्तिम रुप दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार