काठमाडौको खाल्डाखुल्डीबारे धेरै गीत सुनियो, चार महिनामै पुर्नुहोस !

२०७६ मंसिर ६, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा नव नियुक्त मन्त्रीहरुलाई बोलाएर तिब्र गतिमा काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले आफु मात्र चटपटाएर भएन मन्त्रिहरु पनि चटपटाउनु पर्यो अनि मात्र विकासको काम तिब्र गतिमा बढ्छ भन्दै मन्त्रिहरुलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिहरु र सचिवहरु बीच राम्रो समन्वय नभए काम कार्य तिब्र गतिमा नबढ्ने भन्दै कडा निर्देशन दिएका हुन् । पत्रकारहरु साक्षी राख्दै प्रधानमन्त्रिले विवादमा आएका कामहरुलाई तोकिएको समयमा सक्नुपर्ने निर्देशन दिएका छन् । काठमाडौका खाल्डा खुल्डिहरु चार महिनाभित्र पुर्न समेत निर्देशन दिएका छन् ।

काठमाडौको खाल्डा खुल्डिहरुको बारेमा धेरै गित सुनेको कारण अबको चार महिना भित्र सबै खाल्डो खुल्डि पुर्न निर्देशन दिंदै प्रधानमन्त्रीले भने: “काठमाडौको खाल्डो खुल्डिको बारेमा गित कत्ति मात्र सुन्ने अब यो समाप्त पार्ने समय आयो । देशको बिकासमा हामी ड्राइभिङ्ग सिटमा छौ यो नबिर्सी काम तिब्र रुपमा लानुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार