
काठमाडौं – ज्यान मा रेको अभियोग लागेको दोलखाका सांसद पार्वत गुरुङ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनलाई मन्त्री बनाइएको हो । बिहीबार गुरुङले मन्त्री पदको सपथ लिइसकेका छन् । उनीविरुद्ध ज्या न मा रेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

ज्यान मा र्ने उद्योग गरेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएपछि अघिल्लो महिला अदालत हाजिर भएका उनलाई साधारण तारेखमा रिहा गरिएको थियो । कार्यालय समय सुरु हुनेवित्तिकै अदालत हाजिर भएका गुरुङलाई बयानपछि अदालतले साधारण तारेखमा रिहा गरेको हो ।
दोलखाका वीरध्वज खड्काले आफ्नो ज्या न मा र्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । प्रतिवादीहरु फरार रहेको भन्दै अदालतमा मुद्दा पेश भएपछि जिल्ला अदालतले सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।