भ’त्काइँदैछ प्रधानमन्त्री निवास बालुवाटार

२०७६ मंसिर ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको मुख्य भवन भत्काइने भएको छ । नयाँ भवनको लागि ट्न्डर आह्वान भइसकेकाले बुधबारदेखि नै भत्काउन लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । डा. तुलसी गिरी प्रधानमन्त्री भएका बेला निर्माण गरिएको थियो । गिरी २०३२ सालमा प्रधानमन्त्री भएका थिए ।

“प्रधानमन्त्रीज्यूको लागि नजिकै एकतले नयाँ भवन बनेको छ,” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “नयाँ भवन बनाउनका लागि टेन्डर पनि आह्वान भएकाले भत्काउन लागिएको हो ।”

नयाँ भवन निर्माणका लागि ३३ करोडमा कन्टेक प्रालि नक्सालसँग सम्झौता भइसकेको छ ।

त्यसयता सूर्यबहादुर थापा, कीर्तिनीधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् ।

उनी सबै उक्त भवनमा बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार