उपसभामुख तुम्बाहाम्फे अन्ततः मन्त्री बन्ने , आजै उपसभामुखबाट राजीनामा दिने

२०७६ मंसिर ४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – संघीय संसद अन्तरगत प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे मन्त्री बन्‍न तयार भएकी छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रकरणमा मुछिएपछि सभामुखमा दाबी गरिरहेकी उनी मन्त्री बन्‍न तयार भएकी हुन्।

उपसभामुख भएकाले पहिलो दाबी गर्दै आएकी उनलाई सत्तारुढ नेकपाको नेतृत्व सभामुख बनाउन तयार नभएपछि मन्त्री बन्न तयार भएकी हुन्।

उपसभामुख तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सीमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने बताएकी थिइन्। बुधबार बिहानै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेकी उनी मध्यान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी छन्। ‘नेकपाले सभामुखका लागि अन्य विकल्प खोजेपछि उहाँलाई मन्त्रीमा व्यवस्थापन गर्ने भएको हो’, स्रोतले भन्यो, ‘आजै उपसभामुखबाट राजीनामा दिएर उहाँले मन्त्र ी पदको जिम्मेवारी लिने सम्भावना छ।’

सभामुखका लागि नेकपबाट संविधासभाका अध्यक्ष सुवास नेम्बाङले पनि दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार