
धनगढी – कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन ग¥यो।
नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।

आफ्नो भूमिमा बनाउन लागेको कल्भर्ट भत्काउन थालेपछि स्थानीयले विरोध गरे। स्थानीयले विरोध गर्दा भारतीय सुरक्षाकर्मीले गोली हानेर नेपाली युवक गोविन्द गौतमको हत्या गरे। भारतीय सुरक्षाकर्मीको गोली नै चलाएपछि सो कल्र्भट निर्माण हालसम्म पूरा हुन सकेको छैन।
‘आफ्नो भूभागमा कच्ची कल्भर्ट बनाउँदा पनि भारतीय सुरक्षाकर्मीले बनाउन दिएनन्, बनाउन लागेको पनि भत्काइदिए,’ पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले भने, ‘नाहकमा नेपाली भूमिमा विकासको पूर्वाधार बनाउँदा निर्दोष युवकको हत्या भयो।’ यो खबर आजको नागरिक दैनिकले छापेको छ ।