अढाई वर्षीया बालिकालाई करणी गरेको आरोपमा ६५ वर्षीय बृद्ध प्रहरी नियन्त्रणमा

पुरा पढ्नुहोस …

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नवलपरासी – पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीयया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनवल नगरपालिका-६ विसासयका कुमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ करणी गरेको उनको आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । नियन्त्रणमा परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार