पूर्व राजासँग महामानवको गुण भएको भन्दै करिश्माले गरिन प्रशंशा

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- नायिका करिश्मा मानन्धरले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रशंशा गरेकी छिन् । उनले पूर्व राजासँग महामानवको गुण भएको भन्दै प्रशंशा गरेकी हुन् ।

पूर्व राजा नाइट क्लबमा नाँचेपछि क्रिया प्रतिक्रिया भइरहँदा करिश्माको भनाई आएको हो । उनले पूर्व राजा नाँचेको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘परिस्थिति अनुसार आफूलाई परिमार्जित गर्नु र प्रस्तुत हुनु महाँमावनको गुण हुन्, जे मनदेखि गरिन्छ त्यो जहिले पनि सत्य र उत्कृष्ट हुन्छ ।’

नयाँ शक्ति पार्टीबाट राजीतिमा सक्रिय भएकी करिश्मा उक्त दल त्याग गर्दै पछिल्लो समय अध्ययनमा लागेकी छिन् । उनको गणतन्त्रप्रति मोह घटेको सार्वजनिक भनाईहरुबाट देखिनथालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार